विपक्षी दलको नेता सम्बन्धी रिट निवेदन खारेज

सोमबार, चैत २७, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको मान्यता दिन नहुने भनी मागदावी गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता विमल प्रसाद पोखरेलले दायर गरेको रिट निवेदन न्यायधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको इजलासले खारेज गरेको हो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलको नेता सत्तासिन दल हुने भन्दै अधिवक्ता पोखरेलले त्यो दलका नेताले विपक्षी दलको नेताको मान्यता पाउन नहुने दावी गरेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार