सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई आज प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश गिरीमाथि उनकी श्रीमती आरती गिरीले वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । गिरीकी पत्नीको उजुरीपछि कपिलवस्तु प्रहरीले अनुसन्धान गरिरहेको छ । गिरीलाई गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । पक्राउ लगत्तै उनलाई आजै कपिलवस्तु पठाइएको छ । श्रीमती आरती गिरीको जाहेरीका आधारमा उनलाई कपिलवस्तु जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि आज काठमाडौँ प्रहरीले पक्राउ गरी कपिलवस्तु पठाएको हो ।