रास्वपाबाट ढाकाकुमारको स्थानमा एसिड पीडित विन्दवासिनी कंसाकार सांसद बन्ने

बुधबार, चैत २९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसाको ‘डिल’ गरेका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो । त्यस्तै, उनलाई सांसद पदबाट पनि कारबाही गर्ने निर्णय गरेको छ ।
श्रेष्ठलाई कारबाही गरेसँगै रास्वपाले उनको स्थानमा विन्दवासिनी कंसाकार सांसद बनाउने भएको छ ।
ढाकाकुमार आदिवासी जनजाति क्लस्टरमा सांसद बनेका थिए । अब रास्वपामा सोही क्लस्टरबाट कंसाकारलाई सांसद बनाउने भएको हो । रास्वपा सभापति रवि लामिछानेले बैठकपछि पार्टीले श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद बनाउने बताए ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार