उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणकाे मतदान हुँदै, अञ्जन र उमेशबीच प्रतिस्पर्धा हुने

महासंघको बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारले ५० प्रतिशत मत ल्याउन सकेनन
बिहीबार, चैत ३०, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । बुधबार भएको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका  उम्मेदवारले कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो । सार्वजनिक भएको मत परिणाम अनुसार सबैभन्दा धेरै मत पाएका अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
अञ्जनले ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत पाए । ३०.४६ प्रतिशत मत पाएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही कारण महासंघको बरिष्ठ उपाध्यक्षलाई महत्वका साथ हेरिने गरिन्छ ।
महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासंङ्घका पदाधिकारी चयनका लागि बुधबार निर्वाचन भएको थियो । वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज विहान सकिएको हो ।

FNCCI 1681305621.JPG
मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले ६१३ मत प्राप्त गरे । अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरेका थिए । साथै ८ मत बदर भयो ।
जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गरे । ३ मत बदर भएको थियो । वस्तुतगतर्फ खसेको १२३ मतमध्ये उमेृशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघईले १२ मत प्राप्त गरे । यहाँ एक मत बदर भएको थियो ।
महासङ्घको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् । जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भएका छन्  भने एसोसिएट उपाधयक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

निर्वाचन आजै
वरिष्ठ उपाध्यक्षका लागि आजै निर्वाचन हुनेछ । मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार