महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित

बिहीबार, चैत ३०, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि उनी वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।
पहिलो चरणको प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई सहभागी थिए । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन हुने तय भएकै बेला दुई उम्मेदवारलाई राखेर सहमतिको प्रयास भएको थियो । उमेशलालले आफूभन्दा धेरै मत पाएका अन्जनलाई बरिष्ठ उपाध्यक्ष पदमा स्वीकार गर्ने सहमत भएपछि अन्जनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । महासंघमा बरिष्ठ उपाध्यक्षलाई महत्वपूर्ण पदका लिइने गरिने छ । तीन वर्षृे कार्यकालपछि विधानत बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्नेछन् ।
बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त गरेका थिएन् । आज अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय गरिएको थियो ।
पहिलो चरणको प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई हुनुहुन्थ्यो । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो ।
महासंङ्घका पदाधिकारी छनोटका लागि बुधबार निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनको आज बिहान सकिएको मतगणनामा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेका थिए भने उमेशलालले ३१ दशमलव ५१ मत प्राप्त गरेका थिए । संघईले ३० दशमलव ४६ मत प्राप्त गरेका थिए ।
मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले छ सय १३ मत प्राप्त गर्दा अञ्जनले पाँच सय ७३ मत र उमेशलालले चार सय २६ मत प्राप्त गरेका थियो । यो क्लस्टरमा आठ मत बदर भएको थियो ।  जिल्ला नगरतर्फ कुल खसेको एक सय १७ मतमध्ये अञ्जनले ४७, संघईले ३९ र उमेशलालले २८ मत प्राप्त गरेका थिए । यो क्लस्टरमा पनि तीन मत बदर भएको थियो । वस्तुतगतर्फ खसेको एक सय २३ मतमध्ये उमेशलालले ६९, अञ्जनले ४१ र संघईले १२ मत प्राप्त गर्दा एक मत बदर भएको थियो ।
महासङ्घको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका छन् । बुधबारको निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भएका छन् भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार