वर्षको अन्तिम कारोबार दिन पनि सुखद रहेन नेप्सेमा

बिहीबार, चैत ३०, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । सेयर बजारका लगानीकर्ताका लागि २०७९ साल उत्साहजनक रहेन । वर्षको पहिलो कारोबार दिन घटेर बन्द भएको सेयर बजार मापक नेप्से परिसूचक कारोबार बन्द हुने दिन पनि घटेर नै बन्द भयो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार २०७९ सालको कारोबार खुलेको दिन र कारोबार बन्द भएको दिन नेप्से परिसुचक समान अंकले घटेको छ । २०७९ सालको कारोबार खुलेको दिन परिसुचक २९.६ अंकले घटेको थियो । र, यो सालको कारोबार बन्द भएको दिन अर्थात चैत ३० गते पनि नेप्से परिसुचक २९.०७ अंकले घटेको छ ।
वर्षभरिमा नेप्से परिसुचक ४८०.७८ अंकले घटेको छ । २०७९ सालको कारोबार खुल्दा नेप्से परिसुचक २४१५.२५ विन्दुमा थियो । कारोबार खुलेको पहिलो दिन परिसुचक २९.६ अंकले घटेर २३८५.६५ विन्दुमा पुगेको थियो ।
नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लाग्यो ।
आजको कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार ७०२ कित्ता शेयर एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ दशमलव ७७ मा कारोबार भएका छन् ।  
कारोबारमा भएका कम्पनीमध्ये आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै गुमाउने शीर्ष कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र सिर्जनशिल लघुवित्त वित्तीय संस्था छन् ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, एनआईसी एशिया बैंक, नबिल बैंक र शिव श्री हाइड्रोपावर कम्पनी शीर्ष पाँचभित्र परेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार