सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको समयमा समेत धितोपत्र बजारमा शेयर कारोवार भने निरन्तर जारी छ । सोही क्रममा आज नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १२.४७ बिन्दुले ओरालो लागेर दुई हजार ६३७.१३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७७ ले ओरालो लागेर ४७३.०४ मा ओर्लेको छ । कूल २१६ कम्पनीको एक करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयर छ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ बराबरको खरिद बिक्री भयो । आजको कारोवारपछि बजार पूँजीकरण ३६ खर्ब ५८ अर्ब ७६ करोड ४३ लाख ३० हजार रुपैयाँ बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७.११, वित्त ३.८५ र लगानी ०.१५ ले उकालो लागेको छ । ब्यापार ६२.९९, होटल तथा पर्यटन ४४.४, विकास बैंक १३.८५, जलविद्युत् ४९.३९, निर्जीवन बीमा १३०.३१, उत्पादन ३७.८२, अन्य २३.७२, लघुवित्त ६३.८५, जीवन बीमा २३९.३३ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले ओरालो लागेको छ । कारोवारका आधारमा आज एचआइडिसिएल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४६ करोड ७४ लाख ३४ हजार ९२९ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै, एनसिसी बैंक ४२ करोड ९४ लाख ५९ हजार ७०३ रुपैयाँ, लक्षमी बैंक २६ करोड ४५ लाख २१ हजार ४५८ रुपैयाँ, अपि पावर कम्पनी १५ करोड ६७ लाख २८ हजार ३११ रुपैयाँ, नेपाल पूर्वाधार बैंक १५ करोड सात लाख ५६ हजार १५३ रुपैयाँ, प्रभु इन्स्योरेन्स १४ करोड ९५ लाख नौ हजार ३४०, गरिमा विकास बैंक १३ करोड ८१ लाख ४६ हजार १०३ रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्स १३ करोड ३३ लाख दुई हजार ५९० रुपैयाँ, नेपाल पुनरबीमा कम्पनी १३ करोड दुई लाख ८६ हजार ७८९ रुपैयाँ र नेपाल बैंक ११ करोड ८४ लाख २८ हजार ६२२ रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवारका आधारमा जनउत्थान सामुदायक लघुवित्त, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । ती कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । महिला लघुवित्तका लगानीकर्ताले समेत ९.९९ प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लागेको छ । समता घरेलु लघुवित्त ९.९२, रुरु हाइड्रोपावर ९.९१, यूनियन हाइड्रोपावर ९.५२, जोशी हाइड्रोपावर ९.४९, लक्ष्मी बैंक ९.४९, दिव्यश्वरी हाइड्रोपावर ८.५० र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ७.८६ प्रतिशतले कमाए । नेप्सेका अनुसार विशाल बजार कम्पनीको शेयर १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लागेको छ । सिंगटी हाइड्रोपावर ९.०७, ङादी समूह ८.५७, सिनर्जी पावर ४.६४, कालिका पावर कम्पनी ४.२४, शिव श्री हाइड्रोपावर ४.०२, माउण्टेन हाइड्रो ३.७०, आशा लघुवित्त ३.६०, यूनिभर्सल पावर ३.४० र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ३।२८ प्रतिशतले गुमाएका छन् ।