सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । लगानी बोर्डले १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको छ । बोर्ड बैठकले जलविद्युत आयोजनामा १ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी गरी कुल १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा बसेको बोर्डको ५३ औं बैठकले अरुण जलविद्युत परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डले विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्तावेज तयार पारेर बोर्ड समक्ष पेश गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेको छ । बैठकले १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी १ परियोजनाको ३३ अर्ब १९ करोड, ७० मेगावाटको दूधकोशी(२ जलविद्युत परियोजनाको २० अर्ब ३५ करोड, ७०.३ मेगावाटको सेम्बुवा खोला जलविद्युत परियोजनाको १३.४४ अर्ब र ४३ मेगावाटको अपर मादी खोला जलविद्युत आयोजनाको ७ अर्ब ९३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।
बोर्डले जर्मन कम्पनीले मल कारखाना स्थापना सम्बन्धमा अध्ययन अनुमतिका लागि पेश गरेको प्रस्ताव अनुसार विकासकर्तासँग सम्पन्न गर्ने समझदारी पत्र र डाबर नेपालको पूँजी तथा क्षमता वृद्धि परियोजना कार्यान्वयन गर्न सम्पन्नगरी सम्झौतापत्रको समस्यौ पनि स्वीकृत गरेको छ । मल कारखाना स्थापना गर्ने बारे मलेसियाको कम्पनले पेश गरेको प्रस्तावलाई समेत स्वीकृत प्रदान गरेको बोर्डले जनाएको छ । लगानी बोर्डको बैठकले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाका लागि एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत गरेको हो । आज स्वीकृत भएकामध्ये रु एक खर्ब ४६ अर्ब वैदेशिक र रु २१ अर्ब स्वदेशी लगानी हो । लगानी बोर्ड बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाको मात्रै रु ९२ अर्ब ६८ करोड लगानी स्वीकृत गरेको हो । भारतीय कम्पनी सतलज जलविद्युत् निगमले बनाउन लागेको तल्लो अरुणमा परियोजना विकास सम्झौता (पीडीए) गर्नका लागि दस्तावेज तयार पार्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ । बोर्डको आजको बैठकले एक सय दुई मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो मस्र्याङ्दी–१ परियोजनाका लागि ३३ अर्ब १९ करोड र ७० मेगावाट उत्पादन क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत् परियोजनाका लागि २० अर्ब ३५ करोड बराबर लगानी स्वीकृत गरेको छ । त्यसैगरी, ७० दशमलव तीन मेगावाट उत्पादन क्षमताको सिम्बुवा खोला जलविद्युत् परियोजनाका लागि १३ अर्ब ४४ करोड र ४३ मेगावाट उत्पादन क्षमताको अप्पर मादीखोला जलविद्युत् आयोजनाका लागि सात अर्ब ९३ करोड बराबरको लगानी स्वीकृत भएको छ । पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको विकासका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग भएको समझदारीपत्रका व्यवस्थाअनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्न विकासकर्ता कम्पनीले गरिरहेको कामबारे पनि बोर्डले जानकारी लिएको छ । त्यस्तै, बोर्डमा तमोर जलाशययुक्त जलविद्युत् परियोजना र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्बली प्लान्टको प्रगतिबारे पनि छलफल भएको थियो ।