कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको मृत्यु

कोरोना कहर डरलाग्दाे अवस्थामा  
शनिबार, वैशाख २५, २०७८

राँझा । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको मृत्यु भएको छ ।  मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरूको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो ।  आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो  । सात दाजुभाई मध्ये जहीर कान्छा, एजाज राइलो र इम्तियाज काइलो हुन् ।
उनीहरू सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए । बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारकाक्रममा मृत्यु भएको थियो । हालसम्म बाँकेमा  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।–रासस
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार