सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभामा आफूले विश्वासको मत लिन चाहेका प्रधानमन्त्री केपी ओलीले पार्टी भित्रैका माधवकुमार नेपाल–झलनाथ खनाल समूहबाट सहयोग पाउने सकारात्मक संकेत नदेखेपछि सांसदहरुलाई धम्कीपूर्ण भाषामा विज्ञप्ति प्रकाशित गरी माधव–झलनाथ समूहले चाल्ने कदमलाई ‘अपराध’ सम्म भन्न भ्याएका छन् । माधव–झलनाथ समूहले ओलीलाई विश्वासको मत दिनु अगावै सामूहिक राजीनामा दिने विवरण सार्वजनिक भइरहेपछि यो कार्यलाई रोक्न ओलीले आइतबार विज्ञप्ति प्रकाशित गरी सांसद्हरुलाई आफूतर्फ तान्ने प्रयास गरेको देखिन्छ । अध्यक्ष ओलीले सामूहिक राजीनामा दिनू ‘अपराध’ हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका हुन् । ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’, उनले भनेका छन्, ‘तसर्थ यस्तो अपराध कर्ममा जानी–नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु’ प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन बस्दै छ ।
विश्वासको मत दिनु अघि नै एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको विवरण सार्वजनिक भइरहेको छ । यो समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई पार्टी भित्र एकताका लागि जेठ २, २०७५ अघिको अवस्थामा फर्कनु पर्ने, फागुन २८ यता भएका सम्पूर्ण निर्णय फिर्ता हुने सर्त राख्दै आएको छ । यो समूहले आफूहरुको विश्वास जित्न यो कार्य हुनुपर्ने सर्तलाई आइतबार साँझ पनि दोहो¥याएको छ । यसअघि ओलीले अपराह्न विज्ञप्ति प्रकाशित गर्दै पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने उल्लेख गरी सांसदहरुलाई आफूतर्फ तान्ने प्रयास गरेको थिए । ओलीले विज्ञप्तिमा भनेका छन्, ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु ।’ ओलीले भनेका छन्, ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन हुँदैन ।’ वक्तव्यमा भनिएको छ, ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।’ ओलीको यो आक्रोश पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालतर्फ लक्षित छ । ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको उल्लेख गर्दे भनेका छन्, ‘यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भन्दै त्यस्ता कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने आग्रह गर्दछु ।’