ललितपुरले ग¥यो एन्टिजेन परीक्षण 

१८ मध्येपाँच जना संक्रमित 
सोमबार, वैशाख २७, २०७८

ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना १९बाट संक्रमित भएकाहरुको परिवारको नजिक रहेका र लक्षणसहित चिन्ह देखिएका १८ जनाको सोमबार एन्टिजेन परीक्षण गरेको छ । १८ जनामध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको महानगर कोभिड फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिइन् । पाँच मध्ये पुरुष २ र महिला ३ संक्रमित भएका छन् 
गुरुङका अनुसार कोरोना पुष्टि भएकाहरु स्वास्थ्य मापदण्ड अपनाउँदै महानगरको सिआइसिटी समूहको अनुगमनमा बसेका छन् । एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण भए नभएको परीक्षण गरिन्छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार