प्राइम कमर्सियल बैंकमा आगलागी, ४० लाखको क्षति

मंगलबार, वैशाख २८, २०७८
मयुर प्लाई
Global Ime Bank

चितवन । भरतपुर महानगरपालिका–१०  चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाख हाराहारीको क्षति भएको छ । सोमबार साँझ एक्कासी आगलागी हुँदा अनुमानित ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार आगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, दुई थान एसीमेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, पंखा, हाजिर गर्ने मेसिन र फेकनट डिटेक्टर मेसिन जलेर नष्ट भएको छ ।
यस्तै सिसीक्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, कुर्सी, टेबुल, फाइल ¥याक, स्टोर ¥याक  क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट आन्तरिक सजावट, एयरकण्डिशन, वाइरिङलगायत पनि पूर्णरूपमा क्षति भएको छ । बैंकमा सोमबार साँझ ५ बजे एक्कासि आगलागी भएको थियो ।
नेपाल प्रहरी, सेनाको कालीबहादुर गण भरतपुर, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो साँझ अबेर नियन्त्रणमा आएको थियो । विद्युत चुहावट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार