सोसल मिडिया
Contact Us
युनिकोड
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबीच एकीकृत एम्बुलेन्स सेवा पुनःसञ्चालन भएको छ । कोरोनाका विरामीलाई उपचारार्थ अस्पताल जान एम्बुलेन्सको अभाव हुन थालेपछि दुई जिल्लामा रहेका एम्बुलेन्स समेटेर गत बर्ष नै ‘एकीकृत एम्बुलेन्स सेवा’ सुरु गरिएको थियो । एकीकृत सेवा सञ्चालनार्थ काभ्रेपलाञ्चोको धुलिखेल सामुदायिक अस्पतालमा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) स्थापना गरी दुई जिल्लाका एम्बुलेन्सबीच समन्वयात्मक रूपमा सञ्चालन गरिएको छ । काभ्रेपलाञ्चोकका ४२ र सिन्धुपालचोकको ३१ एम्बुलेन्समा जीपीएस् प्रणाली जडान गरी एम्बुलेन्सको बर्गीकरण गरी सञ्चालन गरिएको धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा.सानु श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमणको फैलावटका आधारमा विशेष गरी एम्बुलेन्स अभावको वर्तमान समयमा यो सेवा निकै प्रभावकारी मानिएको छ । बिरामी तथा बिरामीका आफन्तले नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन टेलिफान प्रयोकर्ताले १०२ नंवरमा फोन गरेपछि धुलिखेल अस्पतालको डिस्प्याच सेन्टरले बिरामीको नजिक रहेको एम्बुलेन्सको ब्यवस्थापन गर्ने प्रणाली ब्यवस्थित गरिएको छ । काभे्रमा ‘क’ वर्गको ृभेन्टिलेटर, विशेषज्ञ चिकित्सकसहित जीवनरक्षा सामग्री भएको) एक, ‘ख’ वर्गको (प्यारामेडिक्ससहित स्वासप्रस्वास बन्द भएमा र मुटुको धड्कन बन्द भएको अवस्थामा डीफीब्रिलेशन गर्नसक्ने दक्ष जनशक्तिसहित) पाँच एम्बुलेन्स रहेका छन् । श्रेष्ठका अनुसार जिल्लामा ‘ग’वर्गका सामान्य एम्बुलेन्स ३६ छन् । सिन्धुपाल्चोकमा रहेका ३१ एम्बुलेन्समध्ये तीन ‘ख’ वर्गका र बाँकी २८ ‘ग’वर्गमा सामान्य रहेका छन् । सबै एम्बुलेन्स्मा जीपीएस् प्रणाली जडान गरिएपछि दुवै जिल्लाका एम्बुलेन्स्को गतिविधि धुलिखेलस्थित डिस्प्याच सेन्टरले गर्दै आएको श्रेष्डले जानकारी दिए । उनले भने, ‘विरामीलाई अस्पताल ल्याउने सवालमा कुनै कमी गरिएको छैन ।’ उनका अनुसार दुवै जिल्लाका एम्बुलेन्समा हाल तालिमप्राप्त चालक र प्यारमेडिक्स परिचालन गरिएको छ । सरकारले गत बर्ष एकीकृत एम्बुलेन्स तथा पूर्व–अस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ जारी गर्दै दशेभर छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट छिटो–छरितो रूपमा कोरोनाका विरामीलाई सेवा प्रदान गर्न भनेको थियो । उक्त निर्देशिकामा तीन अङ्कको टेलिफोन नम्बरको ब्यवस्था गरी सञ्चार प्रणाली र डिस्प्याच सेन्टर स्थापना गरी उक्त केन्द्रमार्फत एकीकृत एम्बुलेन्स सेवा प्रदान गर्ने उल्लेख गरिएको छ । सरकारको निर्देशिकाअनुसार धुलिखेल अस्पतालमा सेन्टर स्थापना गरी काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबीच एकीकृत एम्बुलेन्स् सेवा सञ्चालन गरिएको नेपालमै पहिलो रहेको थियो । काभ्रेका स्थानीय जनप्रतिनिधिले भने आफ्ना सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सहमति दिइरहेका छन् । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नीजिसहित नगरका अन्य जनप्रतिनिधि र कर्मचारीको तीन गाडीलाई कोरोनाका बिरामी बोक्ने उद्देश्यले एम्बुलेन्स्का रूपमा प्रयोग गर्न सहमति दिएको छ । मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइवासहितको तीन सवारी साधान, र भुम्लु गाउँपालिकाको अध्यक्षले प्रयोग गर्दै आएको सवारी साधानलाई सङ्क्रमितको उपचारमा प्रयाग गर्न एम्बुलेस्को रूपमा सञ्चालन गरिने भएको हो । पूर्व राज्यमन्त्री कञ्चनचन्द्र वादेले पनि आफ्नो नीजि गाडी गहृनगर बनेपामा कोरोनाका विरामी ओसार–पसार गर्न एम्बुलेन्स् बनाएका छन । उनले काभ्रे अटो मेकानिक्स ब्यवसायी संघको सहकार्यमा ‘कोभिड–१९ एम्बुलेन्स्’ बनाएका हुन । ‘यो अवस्थामा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ’ उहाँले भने ।