मकवानपुरको विकट गाउँपालिका राक्सिराङले बनायो गाउँमै कोभिड अस्पताल

बुधबार, वैशाख २९, २०७८

वाग्मती । मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारको लागि सुविधा सम्पन्न कोभिड अस्पताल तयार गरेको छ । अक्सिजन सहितको आवश्यक स्वास्थ्य सामाग्री समेत खरीद गरी राक्सिराङ–५ स्थित ठाडेचुरेमा २६ श्ययाको  अस्पताल तयार गरिएको  गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।   विपद व्यवस्थापन कोषबाट ५० लाख रूपैयाँ विनियोजन गरी ३५ सिलिन्डर अक्सिजन, एक हजार पिस एन्टिजेन किट, पिपिई, मास्क, स्यानिटाइजर, औषधिलगायतका सामाग्री खरीद गरी अस्पताल तयार गरेको गाउँपालिकाले जनाएको  छ  ।  अक्सिजनसहितका अस्पतालमा डाक्टरसहितको स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री उपलब्ध गराउन सक्षम भएका र  गाउँपालिकामा रहेका कूल ४१ स्वास्थ्यकर्मी मध्ये अस्पतालमा १०  स्वास्थ्यकर्मी खटाइने उनले जानकारी दिए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले अस्पतालमा एक÷एक  डाक्टर,  स्टाफ नर्स,  हेल्थ असिस्टेन्ट, दुई अनमी, दुई अहेब र तीन कार्यालय सहयोगी खटिने  गाउँपालिकाले जनाएको  छ   ।
 
स्वास्थ्य सामग्री हस्तान्तरण
बकैया गाउँपालिकास्थित हात्तीसुँडे सामुदायिक स्वास्थ्य इकाईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्थानीय बुद्ध माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराचन्द्र बजगाई (निशान) ले ३ लाख रुपैयाँ मूल्यबराबरको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।उहाँले अक्सिजनसहित १० श्ययाको आइसोलेशन वार्ड सञ्चालनका लागि श्यया र पाँच अक्सिजन सिलिन्डर, स्यानिटाइजर, माक्स र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हात्तीसुँडे स्वास्थ्य इकाईका प्रमुख कृष्ण जिम्बाले जानकारी दिए ।  आइसोलेशन वार्ड सञ्चालन गर्न बकैगा  ३ का वडाध्यक्ष दिलबहादुर बोम्जन र जय बकैया कन्स्ट्रक्सन कम्पनिको विशेष पहल रहेको बताइएको छ ।
 
निषेधाज्ञाको अवज्ञा गर्ने पक्राउ

निषेधाज्ञाको अवज्ञा गर्दै भिडभाड गरेर मिठाइ बेचेको आरोपमा  प्रहरीले हेटौँडा बजारबाट  थप एकजनालाई पक्राउ गरेको छ  ।  
हेटौंडा उपमहानगरपालिका ४ मा रहेको दाजुभाइ स्वीट्स पसल बन्द गरी   एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक  जयश्वर रिमालले जानकारी दिए । 
सोमबार पनि सोही पसलका सञ्चालक सहित चार जनालाई पक्राउ गरिएको उनले बताए । ‘सोमबार पक्राउ गरिएका चार जना  हिरासतमै छन्, आज पनि भिडभाड गरेर संचालन गरिएको पाइएपछि एक जनालाई पक्राउ गरेर स्वीट्स पसल बन्द गरेका छौं’, उनले भने ।  
पक्राउ परेकाहरूलाई सङ्क्रमण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहिको लागी जिल्ला प्रशासन कार्यालयमा पठाइने प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार