नयाँ पोशाकमा ललितपुरका नगरप्रहरी

बिहीबार, कात्तिक २०, २०७७

ललितपुर । ललितपुर महानगरपालिका नगरप्रहरीको पोशाक परिवर्तन भएको छ । उनीहरु टाई , पि — क्याप, बेल्डसहितको खाकी रङको कोट र प्यान्टमा देखिन थालेका छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले केही दिनअघि नगरप्रहरीलाई क्याप (टोपी) लगाइदिएर पोशाक सार्वजनिक गरेका हुन् ।

महानगरप्रमुख महर्जनले यो पोशाकमा नगरप्रहरी स्मार्ट देखिएको बताए । स्मार्ट देखिएका नगरप्रहरीले नगरलाई स्मार्ट बनाउन महत्वपूणर् भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पारे । उनले भने, ‘नगरलाई स्मार्ट बनाउन नगर प्रहरीको भूमिका र काम महत्वपूणर् हुन्छ, त्यसैले हामीले राम्रो छवि भएका र काम गर्न सक्ने व्यक्ति सिताराम हाछेथुँलाई नगरप्रहरीको नेतृत्व गर्न ल्याएका हौं ।’

नेपालको संविधानमा स्थानीय तहले नगरप्रहरीको व्यवस्था गर्न पाउने अधिकार छ । उक्त व्यवस्था अनुसार नियुक्त गरिएका ७२ नगर प्रहरी ललितपुर महानगरपालिकामा कार्यरत छन् । उनले महानगरलाई स्मार्ट बनाउन स्मार्ट सडक बत्ती, खुल्ला स्थानको संरक्षण गर्दै पार्क निर्माणको काम भइरहेको बताए । ललितपुर महानगर नगर प्रहरी प्रमुख सिताराम हाछेथुँले नगरप्रहरीको पहिलाको पोशाक भद्दा भएकोले नयाँ पोशाक ल्याएको बताए । उनले यो पोशाकमा नगरप्रहरी स्मार्ट देखिएको दाबी गरे । नगरप्रहरी नगरवासीको साथी, सहयोगी भएको बताउँदै नगरप्रहरीले हातमा लठ्ठी नबोक्ने जानकारी दिए । नगरप्रहरीलाई स्मार्ट बनाउन ग्रोब्रो क्यामेरा, स्टिल क्यामेराको व्यवस्था गरेको उनले बताए । कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नं १३ का वडा अध्यक्ष गणेश केसीको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  २०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार