सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकार निर्माणका लागि आवश्यक संख्या पु¥याउन नसक्दा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र–बाबुराम समूहले वैकल्पिक सरकार गठनको दावीबाट पछि हट्न बाध्य भएको छ । प्रधानमन्त्रीले संसद्मा विश्वासको मत गुमाएपछि तीन दलको यो गठबन्धनले बहुमतको सरकार गठनका लागि अग्रसरता देखाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि संसद्मा प्रतिनिधि गरेका दलहरुलाई बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन् । राष्ट्रपतिको आह्वान बिहीबार राति नौ बजे सकिँदैछ । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका सांसदले दिने भनेको सामूहिक राजीनामा तत्कालका लागि टरेपछि विपक्षी गठबन्धन नयाँ सरकार गठनको दावीबाट पछि हटेको हो । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (विजकुमार गच्छदार र मोहम्मद अफताव आलम) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् । ३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको जनता समाजवादी पार्टी भित्र सरकार गठनका विषयमा विवाद रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा जसपाका उपेन्द्र यादव बहुमतको सरकार गठन गर्नबाट पछि हटेका हुन् । बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने बताएका थिए । देउवालाई भेटे लगत्तै ठाकुर–महतो प्रधानमन्त्री ओलीलाई भेट गर्न बालुवाटार गएका थिए । बालुवाटार भेट लगत्तै यो समूहले आफ्नो समूहका सांसद्सँग भक्तपुरमा छलफल गरेको थियो । सरकार गठनमा बहुमत पु¥याउन कांग्रेस, माओवादी केन्द्र तथा जसपाको उपेन्द्र समूहले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नदिने भएसँगै यी दलको वैकल्पिक सरकार गठन गर्ने बाटोमा पूर्ण विराम लागेको हो । तीन दलीय गठबन्धनले नयाँ सरकार गठनका लागि दाबी पेश नगर्ने भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । उनी जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट छैन । बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।