सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजार रुपैयाँभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ । न्यूनतम ५० हजारभन्दा कम जम्मा (डिपोजिट) नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनका अनुसार बैंकबाट पटक÷पटक हुने कारोबारलाई निरुत्साहित गर्द नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो । सङ्घले सरकारले अत्यावश्येक सेवा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्न आग्रह गरेको छ । बैंकले निश्चीत सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् ।
विद्युतीय कारोवार गर्न आग्रह
नेपाल बैंकर्स संघले कोरोनाको कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोवार गर्न नागरिकलाई आग्रह गरेको छ । संघको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ ।’ यस्तै बैंकका सबै एटिएम खुला रहनाका साथै बैंकका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी गराइएको छ । ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भीडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत केही सेवा भने निरनतर रहने संघले जनाएको छ ।