राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
चिकित्सक, आइसियु र भेण्टिलेटरविहीन मुस्ताङ
चिकित्सक, आइसियु र भेण्टिलेटरविहीन मुस्ताङ
तारानाथ आचार्य
शुक्रबार, वैशाख ३१, २०७८
शुक्रबार, वैशाख ३१, २०७८
बलेवा । अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरिएन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ । मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना सङ्क्रमित छन् । जिल्लाको चारवटै गाउँपालिकामा सङ्क्रमित पुगेका छन् । सङ्क्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आवश्यकता रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘‘यहाँ उच्च सजगता अपनाइएकै हो, अहिले लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्दो छ’’ स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले भने, ‘‘सङ्क्रमितलाई उच्च निगरानीमा होम आइसोलेसन र अस्पतालमा राखिएको छ ।’’ मुस्ताङ अस्पतालमा छ शैयाको आइसोलेसन बनाइएको छ । ती छ वटै शैयामा अक्सिजनको व्यवस्था रहेको भएपनि भेण्टिलेटर र सघन उपचार कक्ष भने छैन । भेण्टिलेटर र सघन उपचार कक्ष नरहेका कारण चुनौतीबीच कोरोनाको सामना गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताए ।
सामान्य समयमा समेत बाहिरी जिल्लाबाट मुस्ताङका विभिन्न स्थानमा भ्रमणको लागि पुग्ने सर्वसाधारणको लागि अक्सिजनको कमी हुने मुस्ताङले अहिले कोरोनासँग जुध्न अक्सिजनको समस्या टड्कारो बनेको छ । ‘‘स्थानीय तहमा पनि आइसोलेसन बनेका छन् तर अक्सिजन पु¥याउन सकिएको छैन्’’ सहायक प्रजिअ अर्याल भने, ‘‘जनसङ्ख्या थोरै भएर के गर्नु छिरोलिएको ठूलो जिल्ला भएकाले व्यवस्थापनमा कठिन भैरहेको छ ।’’
मुस्ताङमा १३ हजारको हाराहारीमा जनसङ्ख्या छ । महामारीको दोस्रो लहर शुरु हुँदादेखि नै सतर्कता अपनाएको मुस्ताङले महामारीको लहरलाई रोक्न भने सकेन । पहिलो चरणको कोरोनाको प्रभाव कम भएपछि जिल्लामा आन्तरिक पर्यटकको निकै चहलपहल बढेको थियो । यस अवधिमा नेपालमा रहेका विदेशी संस्थाका कर्मचारीदेखि नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको जिल्ला आवतजावतका कारण कोरोना भित्रिएको प्रशासनको ठम्याइ छ ।
दुई÷चार दिन घुम्नेलाई रमाइलो लागे पनि बाह्रै महिना कष्टकर जीवन बिताएका मुस्ताङवासीलाई अहिले कोरोनाको कहरले झन पिरोलिरहेको छ । स्थानीय सर्वसाधारणभन्दा देशका अन्य जिल्ला र विदेशी पर्यटकको आवागमन धेरै हुने गर्दछ । कोरोनाको पहिलो लहर चल्ने बेला मुस्ताङ निकै कठोर बनेर रोगको सङ्क्रमणलाई रोक्न सफल भएको थियो । पहिलो चरणमा बिदामा घर हिँडेका कर्मचारी हुन् वा कामको सिलिसिलमा मुस्ताङ बाहिर निस्केका सर्वसाधारणले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यात्मक व्यवस्था जिल्लाभर गरिएको थियो । निकै कठोर बनेर जिल्लालाई सुरक्षित र सजग राखेको मुस्ताङले अहिले कोरोना महामारीको दोस्रो लहरसँग पौंठेजोरी खेलिरहेको छ ।
अहिले कोरोनाको दोस्रो भेरिएन्टको प्रभाव बढेपछि मुस्ताङ प्रवेशका लागि सिमित नाकाहरु मात्रै सञ्चालनमा छन् । नाकाहरुमा पहिलेदेखि नै कडाइ गरेको भए महामारीको कम प्रभाव पर्ने स्थानीयवासीको भनाइ छ । महामारीको दोस्रो लहरले पहिलोपटक केही दिन पहिला मुस्ताङकी एक महिलाको मृत्यु भएको थियो । सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएपछि जिल्लाका सम्बन्धित निकाय, स्थानीय निकाय र स्थानीयवासी सजग बनेका छन् । ‘‘हामीकहाँ अक्सिजन प्लान्ट छैन्, बाहिरबाट भरेर ल्याउँदा यही अवस्थामा सङ्क्रमण फैलिँदा कठिन छ’‘ अर्याल भन्छन् ‘’यो अवस्थाको मूल्याकङ्न गरेर हामीले निशेधाज्ञा गरेका छौँ ।’’ जिल्लाभर एक जना समेत चिकित्सक नरहेका कारणले पनि बिरामीको उपचारमा समस्या भैरहेको स्वास्थ्य कार्यालयका प्रमुख भण्डारी बताउँछन् ।
‘‘हामीसँग जनशक्तिको पनि अभाव छ, विषेशज्ञ डाक्टर छैनन्, स्वास्थ्यकर्मी पनि चाहिने जति छैनन्’’ भण्डारीले भने । यहाँका आइसोलेसनमा उपचरा गराइरहेका छ जना अहिलेसम्म बाहिरी जिल्ला पठाइएका छन्। श्वासप्रश्वासमा समस्या भएपछि ‘हाइकेयर युनिट’मा उपचार गर्न सकिने बिरामी समेत पोखरा, काठमाडौँ पठाउनु परेको अर्यालले बताए । ‘‘एचडियु मात्रै भएको भए धेरै सहज हुने थियो’’ अर्याल भन्छन्, ‘‘सबै कुराको अभाव छ यहाँ ।’’ कोरोनाको सङ्क्रमणबाट गम्भीर स्वास्थ्य समस्या भएका छ जनाले मुस्ताङबाट हेलिकप्टर चडेर पोखरा काठमाडौँलगायतका शहरका अस्पतालमा पुगेर ज्यान बचाएका छन् भने अरु सबै सङ्क्रमितको मुस्ताङमै उपचार भैरहेको छ । रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
१३:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
आत्मविश्वास बढाउनुस् सकारात्मक बन्नुस्,क्यान्सर जितिन्छ
नंः २
लपुमनपा–२३ मा कौशी तरकारी खेती तालिम सम्पन्न (भिडियो)
नंः ३
गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी
नंः ४
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
नंः ५
सहीदको सम्मान र सम्झनामा सोमबारदेखि कराँते प्रतियोगिता
विशेष
क्यान्सर विजेता बबीका कुरा
बुधबार, चैत २७, २०८१
अन्तर्वार्ता
जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौं : महेन्द्रकुमार खड्का
सोमबार, माघ २१, २०८१
यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा. पौडेल
मंगलबार, माघ १, २०८१
काष्ठ व्यवसायलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय प्रदर्शनी फलदायी हुने : होमप्रसाद घिमिरे अध्यक्ष, नेपाल प्लाईउड उत्पादक संघ (भिडियो)
आइतबार, पुस २८, २०८१
जाडो याममा स्वासप्रस्वास नली सुनिने र फोक्सोमा असर देखिनसक्छ : डा.प्रतिक वाग्ले
शुक्रबार, पुस १९, २०८१
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
जीवनशैली
वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड
शुक्रबार, माघ ४, २०८१
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
शिक्षा
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित
मंगलबार, फागुन २७, २०८१
विश्वविद्यालयहरुमा नियुक्ति गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्न सुझाव
शुक्रबार, फागुन २, २०८१
नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छ : उपप्रधानमन्त्री सिंह
बुधबार, माघ ३०, २०८१
थामी समुदायले दिए देउसी खेलेर सङ्कलन गरेको पैसा विद्यालय सञ्चालनको लागि चन्दा
बुधबार, माघ २३, २०८१
पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा
बुधबार, माघ २३, २०८१
विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री
सोमबार, माघ १४, २०८१
यसरी नमुना विद्यालय बनेको छ रामेछापको दुर्गम गाउँ बेथानस्थित डहु मावि
शुक्रबार, माघ ११, २०८१
हिमाली गाउँ लाहाछेवरका विद्यार्थीलाई विद्यालयमा दिवा आवास
बुधबार, माघ २, २०८१
समाचार
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने
शुक्रबार, चैत २९, २०८१
ट्रयाक्टरले मोटरसाईकललाई दियो ठक्कर, श्रीमतीको निधन, श्रीमान घाईते
शुक्रबार, चैत २९, २०८१
दुर्गा प्रसाईंलाई विमानस्थलबाट काठमाडौं प्रहरी परिसर पुर्याइयो
शुक्रबार, चैत २९, २०८१
तस्करीको काठ स्थानीद्बारा बरामद, सामुदायिक वनका अध्यक्ष नै संग्लन रहेको आरोप
शुक्रबार, चैत २९, २०८१
४७ बर्षपछि जग्गा प्राप्ति सम्वन्धी नयाँ कानून बन्दै
शुक्रबार, चैत २९, २०८१
थप समाचार
लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य : प्रदीप परियार
शुक्रबार, वैशाख ३१, २०७८
नेपाल पन्छी संरक्षण संघको वार्षिक क्यालेन्डर सार्वजनिक, १२ जना फोटोग्राफरको तस्बिरहरु समेटियो
शुक्रबार, वैशाख ३१, २०७८
इजरायललाई सूचना बेच्ने टर्कीका बिमा मालिकका परिवारलाई १०० बर्ष जेल
शुक्रबार, वैशाख ३१, २०७८
यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड : गृहमन्त्री लेखक
शुक्रबार, वैशाख ३१, २०७८
Subscribe Newsletter
×