स्वास्थ्य सामग्री खरीद गर्न कर्णाली प्रदेशले छुट्टयो १३ करोड ८० लाख बजेट 

सोमबार, जेठ ३, २०७८
मयुर प्लाई
Global Ime Bank

कर्णाली । परिवर्तित रूपसहितको कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले १३  करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिण्डर खरीद तथा व्यवस्थापनका लागि छ करोड, अक्सिजन कन्सन्ट्रेटरका लागि पाँच करोड ४५ लाख, रेम्डिसिभरलगायत औषधि खरीद तथा कोभिड बिरामीको हवाई उद्धारका लागि एक–एक करोड उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता कुर्मराज शाहीले जानकारी दिए ।  बैठकले प्रदेशका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्नका लागि अक्सिजन प्लान्ट सुर्खेत जिल्लामा स्थापना (निर्माण) तथा सञ्चालन गर्ने र त्यसका लागि सामाजिक विकास मन्त्रालयले तत्काल आवश्यक कार्य तथा व्यवस्थापन गर्ने निर्णय गरेको  भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहीले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार