ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र पोर्टेबल भेन्टिलेटर प्रदान गर्ने 

सोमबार, जेठ ३, २०७८

ललितपुर । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र पोर्टेबल भेन्टिलेटर प्रदान गर्ने भएको छ ।  ललितपुर महानगरपालिकाले सोमबार आयोजना गरेको महानगर स्तरीय विपद् व्यवस्थापन समितिको ‘भर्चुअल’ बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले उक्त जानकारी दिएका हुन् ।  बैठकमा उनले भने, ‘पाटन अस्पतालको हालको पूर्वाधारले भेन्टिलेटर र आइसियु राख्न मिल्ने अवस्था रहेनछ, त्यसैले महानगरले कन्सन्ट्रेटर र पोर्टेबल भेन्टिलेटरका लागि कुरा गरेको छ ।’ 
महानगरले पाटन अस्पताललाई  छिट्टै यी सामग्री प्रदान गरेर कामलाई सहज बनाउन सहयोग गर्ने बताए । महानगर स्तरीय विपद् व्यवस्थापन समितिका संयोजक महानगर प्रमुख रहने व्यवस्था छ ।  यसअघि महानगरले पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि एक करोड रुपैयाँ दिइसकेको छ । उनले महानगवासीको स्वास्थ्य र सुरक्षाको लागि कुनै कसर बाँकी नराख्ने बताए । महानगरले कोराना नियन्त्रणका लागि प्रत्येक वडालाई तीन लाखका दरले रकम उपलब्ध गराएको जानकारी दिए ।  महानगरले सुनाकोठी–२६ स्थित नेपाल युथ फाउन्डेसनको पोषण पुनस्र्थापना गृह  र बागडोल–४ स्थित ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । उनले भने, ‘आवश्यक पर्दा अर्काे आइसोलेसन सेन्टर सञ्चालन गर्ने तयारी अवस्थामा छौं, तर त्यसो गर्न नपरोस् ।’


उपप्रमुख गीता सत्यालले नगरवासीको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर महनगरले काम गरिरहेको बताइन् । 
महानगरका प्रवक्ता तथा वडा नं ९ का वडाअध्यक्ष राजु महर्जनले निजी अस्पतालमा उपचार गराउन बाध्य नगरवासी आर्थिक मारमा परेको बताउँदै त्यस्ता बिरामीको सन्दर्भमा महानगरले सोचिरहेको बताए । 

बैठकमा प्रमुख प्रशासकीय अधिकृत तथा ¥यापिड रेस्पोन्स टिमका संयोजक गणेश अर्यालले महानगरले सञ्चालन गरेको आइसोलेसन सेन्टरले बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको दाबी गरे ।  ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारीे ललितबहादुर बस्नेत जिल्लामा अक्सिजन व्यवस्थापनका लागि काम गरिरहेको बताए । 
¥यापिड रेस्पोन्स टिमका सहसंयोजक डा.छविन्द्र गैरेले महानगरले सञ्चालन गरेका आइसोलेसन सेन्टरहरुले ट्रिटमेन्ट सेन्टरको रुपमा काम गरिरहेको बताए ।  बैठकमा उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योँ, गैरसरकारी संस्था महासंघका प्रतिनिधिलगायतको उपस्थिति थियो । 


 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार