स्थिर चिनियाँ अर्थतन्त्र

सोमबार, जेठ ३, २०७८
मयुर प्लाई
Global Ime Bank

बेइजिङ । चीनको केन्द्रीय तथ्याङ्क विभागले अप्रिल महिनामा चीनको आर्थिक परिस्थिति स्थिरताका साथ विकास भएको सार्वजनिक गरेको छ । कोरोना महामारीको नियन्त्रण र आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउन चीनको अथक प्रयासपछि राष्ट्रिय अर्थतन्त्रलाई स्थिरताका साथ अघि बढेको प्रवृति पछिल्लो तथ्याङ्कले देखाएको हो । तथ्याङ्क अनुसार जनवरीदेखि अप्रिलसम्म चीनको अचल सम्पत्ति १४३ खर्ब ८० अर्ब ४० करोड चिनियाँ युआन पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.९ प्रतिशत बढी हो । 
अप्रिलमा चीनमा बेरोजगारी दर ५.१ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.१ प्रतिशतले कमी हो ।  त्यसैगरी उपभोग्य बस्तुको विक्री ३३ खर्ब १५ अर्ब ३० करोड युआन पुगेको छ । मालसामानको आयात तथा निर्यातको कुल रकम ३१ खर्ब ४९ अर्ब २० करोड चिनियाँ युआन पुगेको छ । चीनमा यो वर्षको अप्रिलमा इन्टरनेट मार्फत् बिक्री सामानहरूको रकम ३७ खर्ब ६३ अर्ब ८० करोड युआन पुगेको छ । सेवामुलक उत्पादनको सूची गत बर्षको सोही अवधिको तुलनामा १८.२ प्रतिशतले बढेको छ ।  सन् २०२१ को अप्रिलमा औद्योगिक उत्पादनको थप मूल्य गत बर्षको सोही अवधिको तुलनामा ९.८ प्रतिशतले बढेको छ । यी सबै सूचकाङ्क चीनको समृद्ध अर्थव्यवस्थाका द्योतक मानिएको सरकारी अधिकारीले जनाएका छन् । सन् २०२० मा कोभिड–१९ का कारण सामान्य प्रभावित बनेको चिनियाँ अर्थतन्त्रमा यो बर्षको सुरूदेखि नै सुधार देखिएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  २१:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार