चन्द्रगिरि नगरपालिका–४ गोदामचोकमा १५ शैयाको प्राथमिक अस्पताल बन्ने

बिहीबार, माघ ४, २०८०

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ४ गोदामचोकमा १५ शैयाको प्राथमिक अस्पताल बन्ने भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले प्राथमिक अस्पतालको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमका विशेष अतिथि नगर उपप्रमुख बसन्ती श्रेष्ठ, अतिथि प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी, वडा नं १ देखि १५ नं सम्मका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, नगर सभा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, अस्पताल सल्लाहकार, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नगरवासीको उपस्थिति रहेको थियो ।

420147710_802451051923282_2439668169148401446_n-1705550124.jpgशिलान्यास कार्यक्रममा नगर प्रमुख, नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रवक्ता, सामाजिक विकास समितिका संयोजक, अस्पताल सल्लाहकार, प्राथमिक अस्पताल थानकोटका मेडिकल अधिकृतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । करिव २० करोड लागतमा निर्माण हुने उक्त प्राथमिक अस्पताल निर्माण कार्यको जिम्मेवारी एम.ए कन्स्ट्रक्सन प्रा.लि.ले पाएको छ । उक्त कम्पनीलाई अस्पताल भवन निर्माण सम्पन्न गर्न  २४ महिनाको समयावधि दिइएको छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख लगायतका वक्ताहरुले समयमा निर्माण कार्य सम्पन्न हुने विश्वाससहित निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार