सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले टेरामक्स र एमडीएमएस प्रणालीको सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णयसहितका कागजात एक साताभित्र बुझाउन निर्देशन दिएको हो । उक्त कागजात बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति भानुभक्त जोशीले बताए ।
उनले भने,‘टेरामक्स र एमडिएमएसको बारेमा मन्त्रालयले या प्राधिकरणले गरेका सबै नीतिगत निर्णयहरु र निर्णयपछि ठेक्का पक्रियामा भएका सबै कागजातहरु र अहिले मन्त्रालयले छानबिन गरेको अध्ययन प्रतिवेदनहरु मन्त्रालय के भन्न चाहन्छ, टेरामक्सको बारेमा के भन्छ एमडीएमएसको बारेमा के भन्छ, मन्त्रालयका पनि स्पष्ट धारणा र अदालतका आदेशहरु सबै डकुमेन्ट एक हप्ताभित्र यो समितिमा आइपुग्नेगरी पठाउनका लागि निर्देशन गर्छौ ।’