माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस

मंगलबार, माघ ९, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशनको आह्वान गर्न सिफारिस गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । “माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भयो,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।
यसअघि कार्तिक १६ गते संसद्को बजेट अधिवेशन अन्त्य गरिएको थियो ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय 
सरकारले कोटेश्वर चोक सुधारका लागि जापान सरकारसँग ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 
मंगलबारको मन्त्रिपरिषद् बैठकले ३४ अर्ब ४९ करोड जापानी येन ९करिब ३१ अर्ब दुई करोड नेपाली रुपैयाँ०बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्ने टोली गठन गर्ने निर्णय गरेको हो ।  सञ्चार तथा सूचना प्रविधिमन्त्रि रेखा शर्माका अनुसार बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार