रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

मंगलबार, माघ ९, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्ध संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी पुगेको छ । सन्धुलीका युवराज सफलले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष छानबिनको माग गर्दै मंगलबार उजुरी दिएका हुन् । सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिएका हुन् । ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता के कसरी भएको छानबिन गरि कारबाही गर्न माग गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार