राष्ट्रपतिले आह्वान गरे माघ २२ का लागि संसद् अधिवेशन 

बुधबार, माघ १०, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन माघ २२ लाई आह्वान गरेका छन् ।  सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसद्का दुवै सदनको अधिवेशन माघ २२ गते सोमबारका लागि आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सुरु हुने अधिवेशन दिउँसो ४ बजेका लागि बोलाइएको छ ।  
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदका दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार