आजाको विदेशी मुद्रा विनिमय दर 

अमेरिकी डलर स्थिर, युरो घट्दा पाउण्ड बढ्यो 

आइतबार, माघ १४, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । शुक्रबारको तुलनामा आज आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युनियनको मुद्रा युरो भने घटेको छ । बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ ।   राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २९ पैसा र बिक्री दर १४४ रुपैयाँ ९४ पैसा रहेको छ ।  त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८५ पैसा पुगेको छ । 
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार