ललितपुरमा चिनियाँ खोप भेरोसिल जेठ ६बाट लगाउन  सुरु 

खोप वडाको खोपकेन्द्रबाट लगाउने व्यवस्था
बुधबार, जेठ ५, २०७८

ddललितपुर । ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो मात्रा जेठ ६ गतेदेखि लगाउन सुरु गर्ने भएको छ । 
महानगरले सूचना निकालेर महानगरको २९ वटै वडामा खोप केन्द्र संचालन गरी खोप कार्यक्रम संचालन गर्ने जानकारी दिएको हो । 
महानगरप्रमुख महर्जनले भने, ‘प्रत्येक वडामा खोप केन्द्र संचालन गरी खोप लगाउने व्यवस्था गरेका छौं,खोप लगाउने जाँदा स्वास्थ्य सुरक्षा अपनाएर जान अनुरोध गर्दछु ।’ खोप कार्यक्रम बिहान १०देखि अपरान्ह ४ बजेसम्म चल्नेछ । खोप कार्यक्रम जेठ १३ गतेसम्म चल्नेछ ।

जारी सुचना अनुसार चैैत २५देखि २८ गतेसम्म पहिलो मात्रा खोप लगाएकाले जेठ ६ गते, चैत २९ देखि ३१ गतेसम्म पहिलो मात्रा लगाएकाले जेठ ७ गते, वैशाख १देखि ४ सम्म पहिलो पहिलो डोज लगाएकाले जेठ ९ गते, वैशाख ५देखि ९ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ १० गते, वैशाख १०देखि १३ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ११को मिति तय गरिएको छ । 
यसैगरी वैशाख १४ गते खोप लगाएकालाई जेठ १२ गते  वैशाख १५ गते लगाएकाले जेठ १३ गते खोप लगाउन सक्ने छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले  स्वास्थ्य सुरक्षा अपनाएर खोप लिन नगरवासीलाई अनुरोध गरेका छन् । खोप लगाउन जाँदा पहिलोपटक खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ । 


 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार