आज युराको भाउ घट्यो, कुनको मूल्य कति ?

मंगलबार, माघ १६, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । आइतबारदेखि स्थिर रहेको डलरको मूल्यमा मंगलबार केही पैसामात्रै बृद्धि भएको हो । युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा रहेको छ । युरोको मूल्यमा भने करिब एक रुपैयाँले घटेको छ । 
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३३ पैसा रहेको छ ।  आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार