ओरालो लाग्यो सेयर बजार, आज पाँच अर्ब २९ करोडको कारोबार 

बुधबार, माघ १७, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । साताको चौथो कारोबार दिन लगातार तीन दिन बढेको सेयर बजार मापक नेप्से परिसूचक आज २१।६७ अंकले घटेको छ ।  बुधबार नेप्से १.०२ प्रतिशतले घटेर २०९७।९३ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्र कम्पनीको एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ ।  १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचकको मात्र आर कारोबार बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक भने घट्यो ।  बुधबार साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको छ । मंगलबार नेप्से परिसूचकमा सुधार आएपनि बुधबार भने कारोबार घटेको छ । हिजो परिसूचक १४।८८ अंकले बढेर ९०.७० प्रतिशत० पुग्दा सेयर बजारमा पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार