यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ

बिहीबार, माघ १८, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । आज बिहीबार अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजका लागि विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । हिजो बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.६८ रुपैयाँ र बिक्री दर १३३.२८ रुपैयाँ कायम थियो ।
त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ ।  हिजो बुधबार १ युरोको खरिद दर १४३.८७ रुपैयाँ र बिक्री दर १४४.५२ रुपैयाँ थियो ।  
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९१ पैसा रहेको छ । हिजो १ पाउण्डको खरिद दर १६८.८७ रुपैयाँ र बिक्री दर १४४.५२ रुपैयाँ थियो ।
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार