सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरी ग्रुपमा आबद्ध व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीले चौधरीलाई पक्राउ गरिएको पुष्टि गरे । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको उनले बताए । चौधरीसँगै बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पनि पक्राउ परेका हुन् । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । सीआईबीले चौधरीलाई लाजिम्पाट क्षेत्रबाट र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको हो । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको र वाँकी जानकारी केही दिनभित्र दिइने प्रवक्ता अधिकारीले नेपाल न्यूज बैंकलाई बताए ।
विनोद चौधरीले पनि २००० कित्ता जग्गा हडपेको खुलासा सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत ठूलो परिमाणमा जग्गा हडपेको विषय बाहिर आएको छ । विनोद चौधरीलाई समेत पक्राउ गर्न खोजी कार्य जारी रहेको सीआईबी उच्च स्रोतले बताएको छ । ‘अरुण चौधरी मात्र हैन, विनोद चौधरीकै नाममा पनि २ हजार कित्ता सरकारी जग्गा भेटिएको छ,ु प्रहरी स्रोतले भन्यो, ुसरकारी जग्गा हिनामिना गर्ने कसैलाई नछाड्नू भन्ने आदेश छ । सीआईबीले विनोद चौधरीलाई पनि खोजिरहेको छ । उनी उम्किने ठाउँ छैन ।’ पञ्चायतकालदेखि नै जग्गा हिनामिना गरेको पाइएको प्रहरीले उच्च स्रोतले बतायो । ‘२०४२ सालमा पञ्चायतको पालादेखि प्रजातन्त्रकालसम्म उनीहरूले सरकारी जग्गा हडपेको पाइयो,’ प्रहरी स्रोतले थप्यो । चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ । विनोद चौधरीले गरेको कीर्तेबारे मिहिन ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ुथोरै होइन, २ हजार कित्ता सरकारी जग्गा हडपेको पाइयो, सरकारी जग्गा हडप्ने कसैलाई उम्किन नदिनू भन्ने गृहमन्त्रीको निर्देशनानुसार छानबिन गरिरहेका छौं,ु प्रहरी स्रोतले भन्यो । पञ्चायतको समयमा दरबारलाई प्रभाव पारेर र बहुदल तथा गणतन्त्रको समयमा राजनीतिक दलका नेतालाई प्रभावमा पारेर चौधरी समूहले सरकारी जग्गा हडप्दै आएको थियो ।