सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशङकर प्रसादलाई नियुक्ति गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रौतहट निवासी उमाशङकर प्रसादलाई आयोगको रिक्त सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘राष्ट्रिय योजना आयोगको एउटा रिक्त सदस्य पद थियो । त्यसमा रौतहट निवासी उमाशङकर प्रसादलाई नियुक्ति गर्ने भन्ने निर्णय भएको छ ।’ त्यस्तै सरकारले सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने पनि निर्णय भएको उनले जानकारी दिइन् । ‘सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने भन्ने निर्णय भएको छ’, उनले भनिन् साथै मन्त्री रमेश रिजालको अध्यक्षतामा नीजि क्षेत्रको समेत प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने पनि निर्णय भएको छ । नेपाल वायु सेवा निगम ऐन २०१९ को दफा ४ को उपधारा ४ बमोजिम नेपाल वायु सेवा निगमको रिक्त्त उपाध्यक्ष पदमा सञ्चालक समितिका सदस्य विक्रम राईलाई सरकारले नियुक्ति गरेको छ । नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गरिएको छ । यस्तै, नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका डा. सहारा श्रेष्ठलाई मनोनयन गरिएको पनि शर्माले जानकारी दिइन् ।