हल्का वर्षा र हिमपातको सम्भावना, चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह

शुक्रबार, माघ १९, २०८०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण शुक्रबार पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । 
शुक्रबार दिउँसो पनि आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ । 
यसैगरी, शुक्रबार राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशीको  पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । चिसो अत्यधिक बढेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार