साझा मुद्दामा दलहरूको एकता आवश्यक : सभामुख

सोमबार, माघ २२, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एकता आवश्यक भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारदेखि सुरु भएको बैठकमा बोल्दै उनले ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसकेको भन्दै चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरू थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखिएको बताए ।  उनले भने, ‘ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा पर्याप्त गृहकार्य भएका छन् । चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरू थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखिएको छ । राष्ट्रका साझा मुद्दामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिनै पर्छ भन्ने मैले दृढता व्यक्त गर्न चाहन्छु ।’   उनले विगतका दुई अधिवेशनमा संसद्का नियमावलीको निर्माण तथा विगतका समितिहरूले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको पनि बताए ।  उनले भने, ‘संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एउटा महत्वपूर्ण थलो हो । संसदीय प्रणालीमा संसद्को काम कानुन निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने जनसरोकारका मुद्दाको सम्बोधन गर्ने सरकारलाई निर्देश गर्ने हो । विगतका दुई अधिवेशनमा संसद्का नियमावलीको निर्माण तथा विगतका समितिहरूले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको छु ।’ 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार