सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । फागुन १ गते ‘जनयुद्ध दिवस’ का अवसरमा भन्दै उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले त्यस दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसअघि संघीय सरकारले उक्त दिन विदा दिने निर्णय गरेको थियो । विदा दिने सरकारको उक्त निर्णय विवादित बनेको थियो । सर्वाेच्च अदालतले विदा दिन सरकारले गरेको निर्णयलाई खारेज गरेको थियो । लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले विज्ञप्ति जारी गर्दै फागुन १ गते गाउँपालिकामा सार्वजनिक विदा दिइएको जनाएका छन् । अध्यक्षस्तरीय निर्णय गर्दै विदा दिने निर्णय भएको जनाइएको छ । संघीय सरकारले गत वर्ष उक्त दिन विदा दिने निर्णय गरेको थियो । पुस १३ गते सर्वाेच्च अदालतका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त विदा असंवैधानिक भएको ठहर गरेको थियो । यसैबीच, संघीय सरकारको गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै फागुन १ गतेका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । ‘सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषदको मिति २०८०–१०–२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९–१२–०२) मा प्रकाशित २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सावजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।