‘जनयुद्ध दिवस’मा मुगुको खत्याड गाउँपालिकाले दियो बिदा 

सोमबार, माघ २९, २०८०

मुगु । सर्वोच्च अदालतको आदेशले गृहमन्त्रालयले फागुन १ गते ‘जनयुद्ध  दिवस’को नाममा  सार्बजनिक बिदा नभएको प्रष्ट पारिसकेको बेला मुगुको खत्याड गाउँपालिकाले गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । खत्याड गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतबहादुर शाहीले सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका हुन् ।  ‘२०५२ फागुन १ गतेबाट सुरु  भएको  जनयुद्धको स्मरणमा खत्याड गाउँपालिका अन्तर्गतका सबै  सरकारी  तथा  गैरसरकारी     सस्था विद्यालयलाई उक्त दिन सार्वजनिक  बिदा दिने निर्णय भएको’ गाउँपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख छ । फागुन १ मा सार्वजनिक बिदा नभएको संघीय गृहमन्त्रालयले सूचना नै जारी गरिसकेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार