विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित

बिहीबार, फागुन ३, २०८०

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । 
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अल आउट हुँदै १३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ३३।१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । 
नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै जान निकोलले ३१ रन, माइकल भान लिनगेनले २३ रन तथा  निकोलास डाविनले १५ रन बनाए । 
नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए । रोहित पौडेले पनि एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१।१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । 
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार