सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । न्यायको माग गर्दै देशभरिबाट मिटरब्याज पीडितहरू संघीय राजधानी काठमाडौंतर्फ आइरहेका छन् । शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरू बिहीबार चितवन आएर मिसिएका छन् । त्यहाँबाट उनीहरूको ठूलो समूह पैदल हिँडेर काठमाडौंतर्फ आइरहेको छ ।
आफूहरूले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाई नगरेको भन्दै उनीहरूले मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर देशव्यापी मिटरब्याज पीडितहरूलाई संगठित गरेर न्याय मार्च गरिरहेका छन् । यसअघि सरकारले छानबिन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थालेपनि त्यसबाट आफूहरुलाई पूर्ण न्याय नमिलेको उनीहरुको गुनासो छ । सरकारले भने आयोगले समस्या समाधान गरेको भन्दै आयोगको प्रतिवेदन भने दराजमा थन्काएर राखेको छ । सो आयोगले करिब ५ हजार मिटर ब्याज पीडितको समस्या समाधान गरेको छ भने अब १५ हजारभन्दा धेरै पीडितहरूको समस्या भने ज्यूँकात्यूँ छन् ।