सरस्वतीको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि रौतहटको इशनाथ नगरमा कफ्र्यु

आइतबार, फागुन ६, २०८०

काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । इशनाथ नगरपालिका–७ मा सरस्वती पूजाको मूर्ति बिसर्जनका क्रममा शनिबार दिउँसो दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कफर्यु आदेश जारी गरेका छन् ।  इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।  कफर्यु लगाइएको क्षेत्रमा भेला हुन, हिँडडुल गर्न, जुलुस तथा ¥याली निकाल्न बन्देज गरिएको आदेशमा उल्लेख छ । 
झडप भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रौतहटको उक्त क्षेत्रमा विगतमा पनि यस्ता घटना हुँदै आएका छन् । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार