अमेरिकामा राष्ट्रपति उम्मेदवार बन्न डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा

सोमबार, फागुन ७, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । अमेरिकामा यसै वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न रिपब्लिक पार्टीमा डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा जारी रहेको छ ।  ककसमा ट्रम्प अगाडि रहे पनि हेलीले अझैं चुनावी मैदान छाडेकी छैनन् । उल्टै उनले ट्रम्पमाथि कडा टिप्पणी गर्दै आफ्नो माहोल बलियो बनाउने प्रयासलाई जारी राखेकी छिन् । एक अमेरिकी च्यानललाई अन्तर्वार्ता दिँदै हेलीले भ्लादिमिर पुटिन अमेरिकासँग मित्रता गर्न सक्ने व्यक्ति नभएको बताइन् । उनले पूर्व राष्ट्रपति ट्रम्प पुटिनको पक्षमा रहेको बताइन् । गत साता साउथ क्यारोलिनामा ट्रम्पले अमेरिकी जनतालाई पुटिन हाम्रो साथी र राम्रो मान्छे होइनन् भन्ने कुरा सम्झाउन चाहन्छौं भनेका थिए । यो भनाई प्रति हेलीले कडा टिप्पणी गर्दै ट्रम्पको अभिव्यक्तिले पुटिनलाई थप शक्तिशाली बनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार