तनहुँमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, चालकसहित १६ जना घाइते

सोमबार, फागुन ७, २०८०

तनहुँ । तनहुँमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालकसहित १६ जना घाइते भएका छन् । आबुखैरेनी गाउँपालिका–१ गिरानचौरस्थित बरादी हिलेखर्क भित्री सडक खण्डमा दुर्घटना हुँदा आबुखैरेनी गाउँपालिका–६ का ७२ वर्षीय आसबिर गुरुङ र ब्यास नगरपालिका–९ का १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको तनहुँ प्रहरीका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । 
उनका अनुसार गएराति साढे १२ बजे आबुखैरेनी गाउँपालिका–१, गिराउनचौरस्थित बरादी हिलेखर्कस्थित भित्री सडकमा मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिई जाँदै गरेको बा १८ च ५९२१ नम्बरको बोलेरो जिप अनिन्त्रित भइ सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको थियो । 
दुर्घटनामा ७२ वर्षीय आसबिर गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । तुलसीको भने नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते १६ जनाको भने नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाँणले जानकारी दिए । 
प्रहरीका अनुसार दुर्घटनामा आबुखैरेनी–६ का सुविना गुरुङ, मनबहादुर गुरुङ, सुकमाया गुरुङ, एलिसा गुरुङ, सबिता गुरुङ, आबुखैरनी–३ का सिसिर गुरुङ घाइते भएका छन् । उनीहरुको आबुखैरेनीस्थित अस्पतालमै उपचार भइरहेको छ । 
त्यस्तै सोही गाउँका चालक ३८ वर्षीय राजकुमार विश्वकर्मासहित आबुखैरेनी–६ कै सोमलाल गुरुङ, भक्कुलाल गुरुङ, सेरबहादुर गुरुङ, आसमाया गुरुङ, दीक्षा गुरुङ, सेते गुरुङ, चिजकुमारी गुरुङ, वडा नं. १० का सुसान गुरुङ र वडा नं. ६ का सुनिता गुरुङ घाइते छन् । उनीहरुलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पु¥याइएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार