भिसी नियुक्तिमा प्रधानमन्त्रीले बाचा पुरा गरेनन् : प्रदिप पौडेल

मंगलबार, फागुन ८, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदिप पौडेलले त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको बाचा पुरा नगरेको बताएका छन् ।
खुला र पारदर्शी प्रतिस्पर्धाबाट भिसी नियुक्ति गर्ने भनेर गरिएको सार्वजनिक प्रतिबद्धतालाई कर्मकाण्डी मात्रै बनाइएको नेता पौडेलको भनाइ छ । नेता पौडेलले मंगलबार विहान सामाजिक संजालमार्फत भिसी नियुक्तिमा आपत्ति जनाएका हुन् ।
‘भित्री नियतमा कुनै परिवर्तन देखिएन । नियुक्ति कसरी गरिएको हो रु त्यसको सम्पूर्ण प्रक्रियाका बारेमा आम नागरिकका सामु सार्वजनिक गरियोस्,’ उनले भने ।
उपकुलपति छनोट समितिले आइतबार तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकी, दोस्रोमा केशरजंग बराल र तेस्रो नम्बरमा टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा रहेको समितिले तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई सिफारिस गरेको हो ।  

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार