अभिनेत्री अनुष्काले जन्माइन् अकाय, यो हो ‘अकाय’को अर्थ

बुधबार, फागुन ९, २०८०

मुम्बई । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनष्का शर्मा दोस्रो सन्तानको आमाबाबु बनेका छन् । अनुष्काले मंगलबार बेलुका आफूले छोरालाई जन्म दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । 
विराट र अनुष्काले जुनियर कोहलीको नाम ‘अकाय’ राखेका छन् । ‘अकाय’को अर्थ के हो भन्ने चासो आम दर्शकमा छ । ‘अकाय’को धेरै अर्थ छ । टर्की भाषामा यसको अर्थ ‘चम्किएको चन्द्रमा’ हुन्छ । संस्कृत भाषामा यसलाई ‘अमर’ पनि भनिन्छ ।
यसका अलावा ‘अकाय’लाई ‘निराकार’ पनि भनिन्छ । खास गरी भगवान शिवलाई निराकार मानिन्छ । अनुष्का र बिराट आमाबाबु बनेपछि आलिया भट्ट, धनश्री वर्मा, भूमि पेडनेकर, रणवीर सिंह, मेधा शंकर, राजपाल यादव, वाणी कपूर र दर्शन कुमारलगायतले बधाई दिएका छन् ।
अनुष्का गर्भवती भएपछि विराट केही समययता क्रिकेटबाट टाढिएका थिए । उनले भारत र इंग्ल्याण्डबीच भइरहेको पाँच टेस्ट म्याचमा पनि हिस्सा लिएका थिएनन् ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार