मिटरब्याज पीडितको मार्च वर्षाले प्रभावित 

बिहीबार, फागुन १०, २०८०

काठमाडौं ।  मिटरब्याज पीडितहरुले सुरु गरेको न्याय मार्च अभियान बिहीबार वर्षाका कारण प्रभावित भएको छ ।  थानकोटको त्रिभुवनपार्कमा बसेका पीडितहरु दिउँसो १२ बजेबाट हिँडेर सिंहदरबारसम्म आउने तयारीमा थिए । तर, दिउँसोदेखि नै पानी परेका कारण सिंहदरबार पुग्न सम्भव नभएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ । 
मिटरब्याज पीडितहरुले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकैपटक न्याय मार्च सुरु गरेका हुन् । पूर्वबाट  ६ सय किलोमिटर र पश्चिमबाट ७ सय किलोमिटर २३ दिनसम्म हिँडेर पार गर्दै टोली काठमाडौं आइपुगेको हो ।
संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनका अनुसार बिहीबारको पूर्वनिर्धारित कार्यक्रम बिथोलिएपछि शुक्रबार सिंहदरबारसम्मको मार्च  गर्ने तयारी छ । मार्चमा एक हजार बढी पीडित सहभागी हुने  उनले बताएका छन् ।  

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार