सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । खानेपानीमन्त्री महेन्द्र राय यादवले मधेशमा खानेपानीको समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बैशाख, जेठसम्म मधेशमा पानीको हाहाकार मच्चिने भन्दै यसमा खानेपानी मन्त्रालय गम्भीर छलफलमा रहेको बताए । उनले भने, ‘मधेशका आठ जिल्लामा खानेपानीको समस्या देखिएको छ । बैशाख, जेठसम्म मधेशबासीलाई पानीको हाहाकार नै हुने हुनाले सरकारको ध्यानाकर्षण गराउँछु । यस सम्बन्धमा खानेपानी मन्त्रालय धेरै गम्भीर छ र यसै समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले विभिन्न छलफलमार्फत मधेश प्रदेश हेर्ने सम्बन्धित व्यक्तिहरूसँग सुझाव पनि लिएको छ ।’ यस्तै उनले मधेश प्रदेशमा देखिएको समस्याको दिर्घकालिन समाधानको लागि खानेपानी आयोजना सञ्चालन गर्नेतर्फ उर्जामन्त्रीसँग पनि छलफल गरिरहेको भन्दै अल्पकालिन रुपमा समस्या समाधानको लागि आवश्यक बजेटको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिएको बताए ।