राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
स्वास्थ्य
आजदेखि देशभर राष्ट्रिय दादुरा-रुबेला खोप अभियान
आजदेखि देशभर राष्ट्रिय दादुरा-रुबेला खोप अभियान
ललितपुर महानगर २७ नं. वडामा ५ केन्द्रबाट बालबालिकालाई खोप दिइने
शब्दपाटी
शनिबार, फागुन १२, २०८०
शनिबार, फागुन १२, २०८०
ललितपुर । सरकारले आज फागुन १३ गते आइतबारदेखि देशभर राष्ट्रिय दादुरा—रुबेला खोप अभियान २०८० सञ्चालन गर्दैछ । दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम देशैभर सञ्चालन गर्न लागिएको हो । सरकारले सन् २०२६ सम्ममा यो रोग निवारण गर्ने तयारी स्वरुप यो अभियान चालेको हो ।
दादुरा—रुबेला खोप अभियानमा लक्षित समूह नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाहरु र नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु रहेका छन् । यस अभियान तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ । बाँकी जिल्लाहरुमा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ ।
यसै सन्दर्भमा शनिबार बिहान ललितपुर महानगरपालिका २७ नं. वडास्थित सुनाकोठी स्वास्थ्य चौकीको समन्वयमा दादुरा–रुबेला खोप अभियान सम्बन्धी बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा स्तरीय खोप समन्वय समितिका अध्यक्ष एव्म ललितपुर महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष कृष्णहरि महर्जनको अध्यक्षमा खोप अभियान सफल पार्ने विषयमा वडाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मीसहितको बैठक तथा अभिमुखीकरण कार्यक्रममा सरकारको यो अभियान सफल पार्ने विषयमा छलफल भएको हो ।
सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम श्रेष्ठले खोप अभियानको तयारीका बारेमा बैठक तथा अभिमुखीकरण कार्यक्रममा विस्तृतमा जानकारी गराउनु भएको थियो ।
प्रमुख श्रेष्ठका अनुसार महानगरको २७ नं. वडा कार्यालयमा बालकुमारी मावि सुनाकोठी, लोटररगोमा एकेडेमी सुनाकोठी, विलियम पब्लिक स्कुल सुनाकोठी, सुनागुठी नेवा एकेडेमी सुनाकोठी तथा शरणार्थी शिविर न्याबु सुनाकोठीमा खोप अभियानका लागि केन्द्र तोकिएको जानकारी दिनुभयो ।
‘राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला रोगविरुद्ध ९ महिनादेखि १५ वर्षसम्मका बालबालिबालाई MR खोप लगाइने भएकाले तोकिएका खोप केन्द्रमा लगेर बालबालिकाकालाई खोप अभियानमा सहभागी भइ रोगबाट सुरक्षित हुन स्वास्थ्य चौकी आह्वान गर्दछ’ बैठक तथा अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख श्रेष्ठले भन्नुभयो,‘यो अभियान सफल पार्न सबै पक्षबाट सहयोग आवश्यक पर्दछ ।’
बैठक तथा अभिमुखीकरण कार्यक्रममा दिइएको जानकारी अनुसार खोप लगाउन आउँदा बालबालिकाको खोप कार्ड अनिवार्य ल्याउन पनि उहाँले सूचित गर्नु भएको छ । सरकारले यो अभियानमा खोप लगाउन छुटेका बालबालिकालाई पनि विभिन्न खोप लगाउने जनाएको छ ।
‘नियमित खोप छुट भएका १ वर्षदेखि ५ वर्ष सम्मका बालबालिकाहरूका लागि PENTA VALENT, PCV, IPV खोप पनि लगाइन्छ’ स्वास्थ्य चौकी प्रमुख श्रेष्ठले भन्नुभयो, ‘खोप अभियानका लागि वडा भित्रका खोप केन्द्रहरूमा १२ जना स्वास्थ्यकर्मीसहितको टोली परिचालन हुनेछ ।’
बैठक तथा अभिमुखीकरण कार्यक्रमका सभापति एवम् वडा नं. २७ का वडाअध्यक्ष कृष्णहरि महर्जनले खोप अभियानलाई सफल पार्न वडा कार्यालयले स्वास्थ्य चौकीलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडा सदस्य श्यामकृष्ण महर्जन तथा रामदेबी महर्जनले वडा भित्र बसोबास गर्ने वडावासीहरू आफ्ना बालबालिकालाई खोप लगाउन चाहे खोप केन्द्र तथा यस्ता अभियानका बारेमा थाहा नपाउँदा खोप लगाउन छुट्ने गरेको स्मरण गराउँदै प्रचार प्रसार अभियानलाई तीब्र पार्नु पर्नेमा जोड दिनुभयो ।
वडा सचिव सनतकुमार थापाले पनि खोप अभियानलाई सफल पार्न वडा कार्यालयले सहयोग गर्ने जनाउँदै खोप अभियानका बारेमा वडावासीलाई सूचित गर्न माइकिङ गर्न सुझाव दिनु भएको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०
२३:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
महालक्ष्मीस्थान चोकदेखि नख्खु खोला पुलसम्मको सडक कालोपत्र (भिडियो)
नंः २
सहरलाई विकसित र समृद्ध बनाउन असल अभ्यास आदानप्रदान आवश्यक
नंः ३
ललितपुर महानगर २८ नं. वडाले शैक्षिक सम्मान तथा हस्तकला प्रदर्शनी आयोजना गर्दै (भिडियो)
नंः ४
स्नेहाको भिगन यात्रा (भिडियाे)
नंः ५
बीरगन्जमा लगाएको कर्फ्यु अवधि थप, रात्रि बजार बन्द
विशेष
क्यान्सर विजेता बबीका कुरा
बुधबार, चैत २७, २०८१
अन्तर्वार्ता
जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौं : महेन्द्रकुमार खड्का
सोमबार, माघ २१, २०८१
यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा. पौडेल
मंगलबार, माघ १, २०८१
काष्ठ व्यवसायलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय प्रदर्शनी फलदायी हुने : होमप्रसाद घिमिरे अध्यक्ष, नेपाल प्लाईउड उत्पादक संघ (भिडियो)
आइतबार, पुस २८, २०८१
जाडो याममा स्वासप्रस्वास नली सुनिने र फोक्सोमा असर देखिनसक्छ : डा.प्रतिक वाग्ले
शुक्रबार, पुस १९, २०८१
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
जीवनशैली
वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड
शुक्रबार, माघ ४, २०८१
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
शिक्षा
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित
मंगलबार, फागुन २७, २०८१
विश्वविद्यालयहरुमा नियुक्ति गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्न सुझाव
शुक्रबार, फागुन २, २०८१
नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छ : उपप्रधानमन्त्री सिंह
बुधबार, माघ ३०, २०८१
थामी समुदायले दिए देउसी खेलेर सङ्कलन गरेको पैसा विद्यालय सञ्चालनको लागि चन्दा
बुधबार, माघ २३, २०८१
पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा
बुधबार, माघ २३, २०८१
विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री
सोमबार, माघ १४, २०८१
यसरी नमुना विद्यालय बनेको छ रामेछापको दुर्गम गाउँ बेथानस्थित डहु मावि
शुक्रबार, माघ ११, २०८१
हिमाली गाउँ लाहाछेवरका विद्यार्थीलाई विद्यालयमा दिवा आवास
बुधबार, माघ २, २०८१
समाचार
नेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा
आइतबार, वैशाख ७, २०८२
सुनकोशीको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने
शनिबार, वैशाख ६, २०८२
जनमत पार्टीको संसदीय दलको निष्कर्ष : योजना खरिद बिक्री आरोप निराधार
शनिबार, वैशाख ६, २०८२
रौतहट आगलागि : दुई करोड मूल्य बराबरको क्षति
शनिबार, वैशाख ६, २०८२
परीक्षा बोर्डले भन्यो, 'भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ'
शुक्रबार, वैशाख ५, २०८२
थप समाचार
नि:शुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न
शनिबार, फागुन १२, २०८०
एफइएसजीइ उपाधी पाउने पहिलो नेपाली बने डा. राकेश कुमार झा
शनिबार, फागुन १२, २०८०
बरहथवाका ११ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहवको निर्देशन
शनिबार, फागुन १२, २०८०
भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु
शनिबार, फागुन १२, २०८०
Subscribe Newsletter
×