सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्व झापादेखि पश्चिम कञ्चनपुरबाट आन्दोलनका लागि काठमाडौं आएका लघुवित्त पीडितहरू प्रहरीको निषेधित क्षेत्र टोड्दै सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । न्यायका लागि सडक प्रदर्शन गरिरहेका लघुवित्त पीडितहरू संसद् भवन प्रवेश गरेपछि प्रहरीले चार दर्जन भन्दाबढीलाई नियन्त्रणमा लिएको छ । सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर, लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । उक्त घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनाइएको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य रहेका छन् । यसरी संसद भवनभित्रै लघुवित्त पीडितहरू प्रवेश गरेपछि एकचोटी फेरि प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।