आज बेलायती पाउण्डको मूल्य बढ्यो

अरुको विनिमय दर यस्तो छ 
मंगलबार, फागुन १५, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको ।  जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३३ रुपैयाँ ९३ पैसा रहेको छ ।  सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।  त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको छ । सोमबार युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा तोकिएको थियो ।  आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०१ पैसा र बिक्री दर १६८ रुपैयाँ ७७ पैसा पुगेको छ ।  सोमबारको तुलनामा पाउण्ड आज बढेर आएको छ । सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९१ पैसा र बिक्री दर १६८ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो । 
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार