सोसल मिडिया
Contact Us
युनिकोड
SARS-CoV-2 को जिनमा आउने परिवर्तन र देखिएका भेरियन्टहरू
जिन (Gene)
मानव शरिरकै कुरा गर्दा यो अरबौं कोष मिलेर बनेको हुन्छ । एक मानव कोषमा जम्मा २३ जोडी क्रोमोजोम रहन्छन् । प्रत्येक एक क्रोमोजोममा औषत ३०,००० जिनहरू (Genes) हुन्छन् । जीनले वंशाणुगत गुण तथा शारीरिक लक्षण सम्बन्धी सूचना भण्डारण गरेर राख्छ । बुबाआमाका शारीरिक गुणहरू बोकेर सन्तानसम्म पुर्याउने जिम्मेवारी जिनकै हो । हरेक जिनले DNA नामक एक प्रकारको अम्लमा सूचनाहरू राख्छ र त्यसै अनुसार शरीरलाई आवश्यक करिब १० भन्दा धरै प्रकारका प्रोटिनहरूको विकास गर्छ । प्रत्येक प्राणी तथा वनस्पतिमा जिनको अस्तित्व रहन्छ । SARS-CoV-2 को भाइरस एउटा जीवनको सम्भावना बोकी सुषुप्तावस्थामा रहेको क्याप्सुल हो जहाँ विभिन्न प्रकृतिको प्रोटिनले घेरिएर बीचमा रहेको जिनले RNA नामक अम्लमा भाइरसका सम्पूर्ण सूचना (code) राख्छ । स्वस्थ प्राणीकोष भेट्नासाथ यो भाइरसको क्याप्सुल जीवित हुन्छ र यसले लाखौं करौडौंको संख्यामा आफ्नो प्रतिलिपि बनाई प्राणीलाई अस्वस्थ बनाउँछ ।
SARS-CoV-2 को जिनमा आउने परिवर्तन (Genetic mutation)
Corona virus को नामकरण Crown (शिरमा लगाउने काँडेदार ताज) आकारसँग सम्बन्धित भएर गरिएको पाइन्छ । कोरोना भाइरसका सतहमा पनि crown का जस्तै काँडेदार protein पाइन्छन् जसले संक्रमण गराउन/स्वस्थ प्राणीको कोषलाई समाउन (process of binding) मुख्य भूमिका खेल्छ । SARS-CoV-2 (Severe Acute Respiratory Syndrome Corona Virus-2) एक Corona Virus परिवारको भाइरस हो जसले COVID-19 नामको रोग लगाउँछ । सन् 2003 को महामारी निम्त्याउने Corona प्रजातिको SARS भाइरसलाई पहिलो मानिएकाले हालको सोही परिवारको तर फरक भाइरसलाई अन्त्यमा "2" अंकले नामकरण गरिएको हो । Genetic mutation प्राकृतिक विकासको एउटा साधारण प्रकृया हो । सामान्य रूपमा बुझ्दा समयको अन्तरालसँगै जिनको काम गर्ने प्रकृतिमा देखिने परिवर्तन नै genetic mutation हो । जब जिनमा थोरै परिवर्तन आई फरक ढङ्गबाट काम गर्न थाल्छ त्यो पहिलेको भन्दा केही फरक हुन्छ । यही फरक अवस्थालाई भेरियन्ट (Variant) भनिन्छ । जिनको Variant बन्नु नकारात्मक नै हो भन्ने हुँदैन । हाम्रा शरीरमा भएका भएका धरै प्रकारका जिनहरूले पनि genetic mutation बाट सबल र चमत्कारपूर्ण क्षमता भएका variant बनाउन सक्छन् । उदाहरणका लागि MidWest, USA मा एउटा परिवार भयानक कार दुर्घटनामा पर्दा पनि कसैको हाडमा चोट नलागेको कुराले डाक्टरहरूलाई सोचनीय बनाएको र X-Ray गरेर हेर्दा ती परिवारको हाड असामान्य रूपमा बाक्लो भएको पाइयो । बिगत लामो समयदेखि उक्त परिवारमा कसैको कहिलै हाड नभाँचिएको समेत कुरा थाहा भएपछि थप अनुसन्धान गर्दा हाड सघन बनाउन भूमिका खेल्ने जिनको LRP5 नामक protein मा आएको genetic mutation (variant) ले यस्तो चमत्कारिक परिवर्तन भएको खुलेको थियो । त्यस्तै Italy को सानो समुदायका सदस्यमा रक्तनलीबाट कोलेस्टेरोल हटाउने protein (Apolipoprotein) बनाउने जिनमा देखिएको genetic mutation (variant) का कारण उक्त जिनको variant ले अति सक्षमताका साथ काम गर्ने गरेको र त्यहाँका सबैको हृदयघात हुने सम्भावना असामान्य रूपमा अति नै न्यून रहेको रहस्य खुलेको थियो ।
SARS-CoV-2 को genetic mutation बाट बनेको नयाँ variant चाहिं प्राणीका लागि अझ जोखिमपूर्ण बनिरहेको छ । WHO का अनुसार हाल प्रारम्भिक चरणमा देखिएक केही भेरियन्टहरूको बाहिरी Spike protein (बाहिरी काँडा) मा genetic mutation देखिएको जसको अर्थ हुन्छ भाइरसको नयाँ variant ले स्वस्थ प्राणीकोषलाई समात्न सक्ने क्षमता र तरिकामा सुधार ल्याएको छ । US government interagency group ले त हालसालै देखिएको variant को संक्रमण क्षमता पहिलेको भन्दा ५० प्रतिशत बढी रहेको जनाएको छ ।
Variant को वर्गीकरण
US Government Interagency Group ले स्पस्ट रूपमा SARS-CoV-2 का हालसम्म प्राप्त variant हरूको वर्गीकरण निम्नानुसार गरेको छ ।
WHO ले भने माथिका A र B का आधारमा मात्र वर्गीकरण गरेको पाइन्छ । यसरी हालसम्म संसारभर SARS-CoV-2 का लगभग १३ variant हरू देखा परिसकेका छन् । हालै नेपालमा प्रमाणित B.1.617.1 र B.1.617.2 variant लाई भने WHO ले दोस्रो वर्गको (Variant of Concern, VoC) variant का रूपमा परिभाषित गरेको छ । यससँगै नेपालमा SARS-CoV-2 जम्मा तीन variant रहेको प्रमाणित भएको छ । Variant को विकाससँगै खोपको प्रभावकारितामा कमी आउँदै जान्छ । एक महिनाअघि बनेको एक variant का लागि बनाइएको खोप अर्को महिना देखिएको अर्को variant का लागि कामै नगर्न सक्छ । भाइरसमा mutation को प्रक्रिया अति तीव्र देखिएको छ । भारतमा double mutation तथा triple mutation भएको पनि पाइयो । यसले खोपको प्रकृति पनि महिनैपिच्छे फरक फरक हुनुपर्ने देखाउँछ ।
निष्कर्ष
यदी सन् 2003 को महामारीमा जस्तो भाइरसको प्रभाव प्राकृतिक रूपमै कम भएर नजाने हो भने यसका variant हरूले खोपलाई निरन्तर नाकाम बनाउँदै जानेछन् र मानवीय क्षति रोक्न मुस्किल हुँदै जानेछ । यस अवस्थामा समाधानका उपाय भने नभएका होइनन् । हालसम्म प्रयोगसिद्ध सबैभन्दा प्रभावकारी समाधानका उपाय निम्नानुसार छन्:
[सुनसरीका खड्का अनुसन्धानकर्ता हुन् ]